नियम ११
कोषको लेखा र लेखापरीक्षण

(१) कोषको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राखिनेछ ।
(२) कोषको आन्तरिक लेखापरीक्षण कोष तथा लेखा नियन्त्रक कार्यालयबाट हुनेछ ।
(३) कोषको अन्तिम लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।